उखु किसानले भुक्तानी नपाएको बारे आयोगले भन्यो– ‘राष्ट्रसंघीय नियमविपरीत भयो’ - Nepal Talk
जेष्ठ २३ गते, २०७७

उखु किसानले भुक्तानी नपाएको बारे आयोगले भन्यो– ‘राष्ट्रसंघीय नियमविपरीत भयो’

पटक हेरिएको

राष्ट्रिय मानवअधिकार आयोगले उखु किसानले भुक्तानी नपाउनु राष्ट्रसंघीय नियमविपरीत भएको बताएको छ । मौलिक हकमा पनि वस्तु तथा सम्पत्तिसम्बन्धी अधिकार रहेकाले किसानलाई संरक्षण गर्नॅ सरकारको दायित्व रहेको आयोगको निष्कर्ष छ ।

‘सरकारबाट राष्ट्रसंघको नियमविपरीत काम भएको छ । मौलिक हकमा वस्तु तथा सम्पत्तिको हक उल्लेख छ,’ आयोगका सचिव वेद भट्टराईले भने, ‘किसानले बिक्री गरेको वस्तुको मूल्य पाउनुपर्छ ।’

किसानलाई भुक्तानी दिन सरकार र उद्योगी जिम्मेवार नदेखिएको उनले बताए । ‘यस विषयमा हामी अनुसन्धान गर्छौं । त्यसका आधारमा उजुरी गर्छौं,’ उनले भने । आयोगले भुक्तानी हुन नसक्नुको कारण खुलाउन आइतबार कृषि तथा पशुपन्छी विकास मन्त्रालय र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई पत्राचार गरिसकेको छ । सर्लाहीका चिनी उद्योगमा पनि अनुगमन टोली खटाइएको आयोगले जनाएको छ ।

‘उद्योगीबाट भुक्तानी नपाएका कारण र सरकारबाटै पनि अनुदान नपाएको सन्दर्भमा पत्र पठाएका छौं,’ उनले भने, ‘किसानको बाँच्न पाउने हक छ । त्यसका लागि मन्त्रालयहरूबाट के पहल भएका छन्, त्यसको जवाफ मागेका छौं ।’

Loading...

प्रतिकृया लेख्नुहोस्: