‘घुम्न जाउँ तुलसीपुर’अभियानको उद्घाटन, अतिथिलाई सिमीको मालाले स्वागत - Nepal Talk
जेष्ठ १६ गते, २०७७

‘घुम्न जाउँ तुलसीपुर’अभियानको उद्घाटन, अतिथिलाई सिमीको मालाले स्वागत

पटक हेरिएको

नयाँ वर्ष सन् २०२० को तुलसीपुरमा उल्लासका साथ बुधबार उद्घाटन गरिएको छ।

नेपाल भ्रमण वर्षलाई सफल पार्न तुलसीपुर उपमहानगरपालिकाले पनि ‘घुम्न जाउँ, तुलसीपुर अभियान’ सञ्चालन गरेको छ।

तुलसीपुरको गणेश पार्कमा आयोजित अभियानको प्रदेश नं। ५ का सभामुख पूर्णबहादुर घर्तीले उद्घाटन गरेका हुन्।

उद्घाटन कार्यक्रममा तुलसीपुरका मेयर घनश्याम पाण्डे, उपमेयर माया आचार्य लगाएका अन्य विशिष्ट व्यक्ति पनि नाचेर यसको स्वागत गरेका थिए।

अतिथिहरूलाई हिउँदे सिमीको माला लगाएर स्वागत गरिएको थियो। कार्यक्रमका वक्ताहरूले भ्रमण वर्ष सफल पार्न सबैले हातेमालो गर्न जरूरी रहेको बताएका थिए।

उनीहरूले विभिन्न पर्यटकीय, धार्मिक, सांस्कृतिक रितिरिवाज र परम्पराहरूको संरक्षण तथा संवर्द्धनमा लाग्न सके विदेशी पर्यटक पनि भित्र्याउन सकिने तर्क गरेका थिए।

तुलसीपुरले एक लाख पर्यटक भित्र्याउन लक्ष्य लिएको छ।

त्यसपूर्व तुलसीपुरको त्रिशिद्धेश्वरी मन्दिरबाट र्‍यालीको निकालिएको थियो।

कार्यक्रममा उल्लेखनीय दर्शकको सहभागिता थियो।

कार्यक्रमस्थलमा नेवारी परिकारका विभिन्न खाजा तथा खानाको व्यवस्था गरिएको थियो।

दंगाली चर्चित गायक समिर आचार्यले ‘तिमी आउछ्यौं भने आउ मेरो दुनियाँ बेग्लै छ’,‘तिमी हिँड्ने पिच गर्दिन्छु रोड’ लगायतका गीतहरू प्रस्तुत गर्दा दर्शकहरू खुबै रमाएका थिए।

कार्यक्रममा दंगाली लोक दोहोरी गायक प्रेम विवश घर्तीले पनि विभिन्न प्रस्तुतीहरू राखेका थिए।

अभियान उद्घाटनका क्रममा विभिन्न भेषभूषा झल्कने खालका गीत तथा नृत्य प्रस्तुत गरिएको थियो।

Loading...

प्रतिकृया लेख्नुहोस्: