माघ १२ गते, २०७६

अनेरास्ववियू नेताको खबदारी : “एमसीसी सडकबाट बहिस्कार गर्छौ !”

पटक हेरिएको

काठमाडौँ । अत्याधिक चर्चामा रहेको अमेरिकी सहयोग ‘मिलेनियम च्यालेन्ज कर्पोरेसन’ (एमसीसी) इण्डो-प्यासिफिक रणनीतिको अंग हो वा हो इन र नेपालले यो स्वीकार गर्ने या नगर्ने भन्नेमा विषयमा नेकपाका नेता तथा निकट संगठनका नेताहरूले खुलेर बिरोध गरेका छन् । अनेरास्ववियूका विद्यार्थी नेता तिलकराज भण्डारीले एमसीसी बारे सडकबाट बहिष्कार गर्ने चेतावनी दिएका छन् ।

एमसीसी नेपालको हितमा नभएको भन्दै चर्को आलोचना भैरहेको बेलामा नेता भण्डारीले एमसीसी को प्रावधान र प्रक्रिया हेर्दा इन्डोप्यासिफिक सैन्य रणनीती अन्तर्गत रहेको कुरामा दुईमत नरहेको र उक्त सम्झौताले अमेरिकाको दिर्घकालिन रणनीति, नेपालको भुमि प्रयोग गरेर दक्षिण एसियामा अमेरिकी हस्तक्षेप बढाउने भन्दै एमसीसीको खुलेर बिरोध गरेका हुन् ।

उनले भनेका छन् , ‘प्रोजेक्ट नेपालको राष्ट्रियता, सार्वभौमिकता, स्वाधिनता र असंलग्न परराष्ट्र नीतिका बर्खिलापमा रहेको प्रष्टै छ। प्रोजेक्टको पक्ष र विपक्षमा अहिलेनै यति धेरै चर्चा हुनु र गराईनुमा नेकपाको एकता प्रक्रिया बिथोल्ने र बिभाजन तिर धकेल्ने राजनितिक उद्देश्य समेत अन्तर निहित देखिएको छ, त्यसैले प्रोजेक्ट पारित गरीए नेता तथा संसदहरुलाई जनस्तर र सडकबाट बहिस्कार गर्छौ !’ नेता भण्डारीले चेतावनी दिएका छन् ।

एमसीसी अन्तर्गतको परियोजना स्वीकार गर्ने कि नगर्ने भन्ने विषय सत्तारुढ दलको महत्त्वपूर्ण मानिएको स्थायी समिति बैठकमै प्रवेश भएपछि यसवारे पक्ष र विपक्षमा बहस चर्किएको थियो। बहसका क्रममा नेपालले एमसीसी स्वीकार गर्नु परेमा यसमा राखिएका केही प्रवधान संशोधन गर्नु पर्ने धेरै जसो नेकपा नेताहरुको सुझाव छ।

Loading...

प्रतिकृया लेख्नुहोस्: