माघ १२ गते, २०७६

ओली-प्रचण्ड छलफल : सभामुखमा के होला निर्णय ?

पटक हेरिएको

काठमाडौँ । केही दिनको सम्वादहिनता तोड्दै सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’वीच भेटवार्ता हुने भएको छ।

प्रधानमन्त्री तथा अध्यक्षबीच बिहीबार भेटवार्ता हुन लागेको प्रधानमन्त्रीको सचिवालयका एक सदस्यले जानकारी दिएका छन् । ‘भेटवार्ता हुँदैछ। छलफलको विषय थाहा हुने कुरा भएन’, ती सदस्यले भने, ‘सायद सभामुख चयन प्रकृया बारे नै छलफल होला।’

प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओली र कार्यकारी अध्यक्ष प्रचण्डबीच गत आइतबार यता भेटघाट र संवाद हुन सकेको थिएन। सभामुख चयन प्रकरणमा कुरा नमिलेपछि उनीहरुबीच संवाद र भेटघाटमा केही दिन ‘ब्रेक’ लागेको थियो।

प्रधानमन्त्री ओलीले सभामुखमा दलका उपनेता समेत रहेका सुवास नेम्वाङ र प्रचण्डले अग्नि सापकोटालाई अघि सार्दै आएका छन्। दुवैले आ–आफ्नो अडान नछाडेपछि यस अघिका छलफलमा ठोस निष्कर्ष आउन सकेको थिएन।

जसका कारण प्रतिनिधि सभा बैठक समेत पटक पटक स्थगित हुँदै आएको छ। उता उपसभामुख शिवमाया तुम्वाहाङ्फेले राजीनामा ढिलाई गर्दा सभामुख चयन प्रकृया ढिलाई भएको पुर्व माओवादी समूहले बताउँदै आएको छ।

Loading...

प्रतिकृया लेख्नुहोस्: