'सभामुखको लागि अग्नि सापकोटा उपयुक्त' : ईन्द्र भुषाल - Nepal Talk
श्रावण २९ गते, २०७७

‘सभामुखको लागि अग्नि सापकोटा उपयुक्त’ : ईन्द्र भुषाल

पटक हेरिएको

काठमाडौ । सभामुख पूर्वमाओवादी समूहले पाउने नेकपाका अध्यक्षद्वय ओली र प्रचण्डबीचको पुरानो सहमति कार्यान्वयन हुँदा सापकोटाले नै सभामुखको जिम्मेवारी पाउने सम्भावना धेरै छ। तर पछिल्लो समय नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र सभामुख कसलाई बनाउने/ कसलाई जिम्मेवारी दिने यो चर्चाको विषय बन्दै आएको छ।

पार्टी र सरकारबिच सभामुख चयनको बारेमा बहस चलि रहेकै बेला सत्तारुढ दल नेकपा निकट विद्यार्थी संगठन अनेरास्ववियूका नेता ईन्द्र भुषालले सभामुखको लागि अग्नि सापकोटा उपयुक्त पात्र रहेको दाबी गरेका छन् ।

‘सभामुखको जिम्मेवारी कसले पाउने? पार्टी नेतृत्वले कसलाई दिने? यो विषय पार्टीमा छलफल चलि रहेकै छ, तर अब यस बारेमा युवा पुस्ताले पनि छलफल र बहस चलाउनु पर्छ , सभामुख कसलाई बनाउनु पर्छ कसलाई बनाउदा ठिक हुन्छ यसबारेमा अहिलेका युवा पुस्ताले पनि समिक्षा गर्न सक्छन् नेता भुषालले भने ।’

पार्टी भित्र धेरै इमान्दार नेताहरु भएता पनि तिनै ईमान्दार नेताहरुले अवसर नपाएको भन्दै अनेरास्ववियूका नेता भुषालले आपत्ती जनाएका हुन्।

पार्टी नेतृत्वलाई सधै घेराबन्दी गरेर आफु र आफ्नो अनुकुल निर्णय गर्न वाध्य गराउने जो कोही नेतालाई प्राथमिकता नदिनु पर्ने बताए । पार्टी भित्रका इमान्दार नेतालाई पार्टी नेतृत्वले न्याय गर्न नखोजे पछी पार्टी नेतृत्वलाई न्याय दिलाउन आग्रह गरेको बताए ।

Loading...

प्रतिकृया लेख्नुहोस्: