फाल्गुन ७ गते, २०७६

‘एमसीसीको नाममा राष्ट्रियता बेच्ने छुट कसैलाई छैन’ : नेता भुल

पटक हेरिएको

काठमाडौ । सत्तारुढ दल नेकपाको भातृ संगठन अनेरास्ववियू नेता मदन भुल‘रोशन’ले एमसीसी नेपालको संविधान विपरित रहेको बताए । राष्ट्र र राष्ट्रियता नै सबैभन्दा ठुलो कुरा भएको बताउँदै उनले सहयोगको नाममा राष्ट्रियता बच्ने छुट कसैलाई नभएको बताए ।

विगतमा कांग्रेसको भर पर्दा कम्युनिष्ट पार्टीले धोका पाएको र मुलुकको ठुलो भू-भाग गुमाउनु परेको भन्दै अब सरकारले सोच्नु पर्ने बेला आएको बताए ।

नेपालटकसँग संक्षिप्त कुरा गर्दै नेता भुलले सरकारले महाकाली सन्धी गर्दा पाएको धोका विर्सन नहुने बताए । उनले भने ‘महाकाली सन्धीमा पनि सरकारले प्रतिपक्षलाई विश्वास गरेको थियो । तर, धोका भयो . मुलुकले महाकाली गुमायो । ’  त्यसैले अब कुनै पनि हालतमा मुलुकमा एसीसी लागु नहुने टिप्पणी गरेका थिए ।

Loading...

प्रतिकृया लेख्नुहोस्: