फाल्गुन ७ गते, २०७६

सभामुखको टुङ्गो लाग्दै

पटक हेरिएको

काठमाडौं । सभामुखको उम्मेदवार तय गर्न सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले आइतबार अपरान्ह चार बजे सचिवालय बैठक बोलाएको छ ।

आइतबार बिहान दुई अध्यक्षबीचको छलफलपछि अपरान्ह चार बजेलाई सचिवालय बैठक बोलाइएको हो । समसामयीक विषयमा छलफल र निर्णय गर्न सचिवालय बैठक बोलाइएको एक नेताले बताए । नेकपामा सभामुखको उम्मेदवार कसलाई बनाउने भन्ने विवाद छ । यो विवाद चर्कदै गएपछि प्रतिनिधि सभाको बैठक लगातार स्थगित हुँदै आएको छ ।

आज बस्ने सचिवालय बैठकमा नेम्वाङ र सापकोटामा सहमति नभए तेस्रो व्यक्ति सभामुखको उम्मेदवार बनाउने गरी निर्णय हुनसक्ने एक नेताले बताएका छन् । गत पुस २७ गते नेकपाका दुई अध्यक्षबीच भएको छलफल अनुसार माघ ६ को बैठक बस्नुअघि सभामुखमा सहमति जुटाउने र माघ ६ को बैठकमा सभामुखको निर्वाचन प्रकृया सुरु गर्नेबारे कुराकानी भएको थियो । तर यो बीचमा अध्यक्षद्वयबीच पूर्व एमाले वा पूर्व माओवादी कुन समुहको सभामुख उम्मेदवार बन्ने भन्नेमा सहमति जुट्न सकेको थिएन ।

Loading...

प्रतिकृया लेख्नुहोस्: