फाल्गुन ७ गते, २०७६

बालुवाटारमा ओली-प्रचण्ड भेटवार्ता सकियो, ४ बजे सचिवालय बैठक

पटक हेरिएको

काठमाडौं सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका दुई अध्यक्षहरु केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीचको भेटवार्ता बालुवाटारमा सकिएको छ।

प्रतिनिधि सभाका सभामुखको उम्मेदवार टुंग्याउन बसेका दुई नेताबीचको छलफल करिब २ घण्टासम्म चलेको थियो।

रिक्त रहेको सभामुख पदमा तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्र दुवै समूहले दाबी गरेपछि समस्या जटिल बनेको थियो।

यस्तोमा छलफलमा जुटेका दुई अध्यक्षको वार्ता सकिएपछि आजै अपरान्ह ४ बजे सचिवालय बैठक डाकिएको छ।

‘सभामुखको उम्मेदवारका दुई अध्यक्षले सहमति जुटाउनुभएको छ’, स्रोतले भन्यो, ‘तर, सचिवालयले निर्णय लिएपछि मात्रै नाम थाहा होला।

’ सभामुखका लागि उपसभामुख डा। शिवमाया तुम्बहाङफे, सुवास नेम्बाङ र अग्नि सापकोटाको नाम चर्चामा छ।

Loading...

प्रतिकृया लेख्नुहोस्: