फाल्गुन ८ गते, २०७६

नेता नारायण काजी पनि एमसिसीको पक्षधर

पटक हेरिएको

बागलुङ । आइतबार बागलुङमा आयोजित पत्रकार नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले निकै चर्चाको विषय बनेको अमेरिकी सहयोगसम्बन्धी प्रस्ताव मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) राष्ट्रहितमा हुने गरी नेकपाले एकमतले अनुमोदन गर्ने बताएका छन्।

‘एमसिसीको योगदान सकारात्मक हुन्छ। यो राष्ट्रको हितमा रहेको छ। यसलाई कसैले अतिरञ्जित गराउन हुँदैन, पत्रकारहरुको जवाफ दिँदै उनले भने ।

साथै संवैधानिक व्यवस्थाअनुसार सभामुख पाउनका लागि नेकपाले उपसभामुखलाई राजीनामा दिलाउने उनले विश्वस्त पारे।
राष्ट्रियसभाको उम्मेदवारसमेत रहेका नेता श्रेष्ठले पार्टीको चाहनाअनुसार नै आफूले राष्ट्रियसभामा उम्मेदवार दिएको बताए।

Loading...

प्रतिकृया लेख्नुहोस्: