संसदबाट एमसीसी पास गर्न कोमल ओलीको माग - Nepal Talk
आश्विन १० गते, २०७७

संसदबाट एमसीसी पास गर्न कोमल ओलीको माग

पटक हेरिएको

काठमाडौं । राष्ट्रियसभाको सदस्य कोमल ओलीले संसदबाट एमसीसी पास नर्ग माग गरेकी छन् ।

पार्लियामेण्टमा रहेका अधिकांश पार्टी र नेताहरुको एमसीसी समर्थन गरेको विषय हो । कुनै पार्टीबाट आधिकारीक रुपमा एमसीसीको विरोध भएको मैले कतै सुनेको देखेको छैन् । इतिहास बोकेको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसलेसमेत एमसीसी आउनुपर्छ भनिरहेको छ ।

एमसीसीबारे हामी कतै चुकिरहेका त छैनौं । नेताहरु र सांसदहरु चुकिरहेका त छैनौं । सरकारे यसबारे जनतालाई बुझाउन नसक्ला वहिरी पक्षले भ्रम फैलाइरहेकाले सरकारले यसमा अग्रसरता देखाउनुपर्ने माग गरिन ।

अनुदान स्वरुप आउँने यति ठूलो रकमबारे पनि हामिले अविस्वास र भ्रम फैलायौं भने दातृनिकायहरु नेपालसँग तर्सिन सक्नेप्रति उनले राष्ट्रियसभाको ध्यानाकर्ष गराइन ।

गरिबीबाट देशलाई माथि उकास्न पनि यस्ता खालका सहयोग आवश्यक रहेको उनले दावी गरिन ।

Loading...

प्रतिकृया लेख्नुहोस्: