आश्विन १ गते, २०७६

काठमाडौंमा शक्तिशाली भूकम्प जाने खतरा : सर्तकता अपनाउन अपील

पटक हेरिएको

काठमाडौ । काठमाडौंमा लगातार चौथो महिना पनि भुइँचालोको धक्का महशुस गरियो। काठमाडौं र आसपासका ठाउँलाई केन्द्र बनाएर माघ देखि नै एक-एक महिनाको अन्तरमा भुइँचालो गइ रहेको छ। सबै कम्पन चार म्याग्निच्युड भन्दा माथिका छन्।

यसको सुरू आत माघ ८ गते भयो। त्यस दिन राजधानीको थापाथलीलाई केन्द्र बनाएर ३।३ म्याग्निच्युडको भुइँचालो गएको थियो। एक महिना पछि फागुन ४ गते साँझ ८:३४ बजे चार म्याग्निच्युडको धक्काले काठमाडौंबासीलाई तरंगित बनायो। केन्द्रविन्दु कीर्तिपुर आसपास थियो।

त्यसको ठ्याक्कै एक महिना पछि चैत ४ गते बिहान ९ बजेर १ मिनेट जाँदा राजधानीबासीले अर्को हल्का झट्का महशुस गरे। मकवानपुर केन्द्र रहेको यो झट्का ४.१ म्याग्निच्युडको थियो। यही सिलसिलामा वैशाख ११ गते बुधबारका दुई धक्का सब भन्दा ठूला छन्।

बिहान ६ बजेर २९ मिनेटमा ५.२ र ६ बजेर ४० मिनेटमा ४.३ म्याग्निच्यूडको भुइँचालो रेकर्ड गरिएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ। दुवैको केन्द्रविन्दु धादिङको नौबिसे हो।केन्द्रका अनुसार यी सबै धक्का गोरखा भुइँचालोकै निरन्तरता हुन्।

काठमाडौं क्षेत्र हल्लाउने गरी यसरी खुसुखुसु भुइँचालो जानुको कारण के? के काठमाडौं फेरि अर्को ठूलो भुइँचालो जान सक्ने जोखिममा छ?

बेलायतको अक्सफोर्ड विश्वविद्यालयका भूगर्भ वैज्ञानिक जन इलियट र उनका सहकर्मीले करिब तीन वर्ष अघि एउटा शोधपत्र सार्वजनिक गरेका थिए। अन्तर्राष्ट्रिय जर्नल ‘नेचर जियोसाइन्स’ मा छापिएको उनीहरूको लेखले वैशाख १२ को भुइँचालो तरंग कहाँ पुगेर अड्कियो भनी व्याख्या गरेको छ।

गोरखा र सिन्धुपाल्चोक केन्द्रविन्दु बनाएर गएका भुइँचालो तरंग काठमाडौंको दक्षिणी भू-सतह भन्दा ११ किलोमिटर तल अड्किएर बसेको उक्त जर्नलमा छ। त्यो चिरा सतहसम्म आइ नपुग्नु र त्यसको शक्ति काठमाडौं मुनि थुप्रिनुले यो क्षेत्र अहिले पनि भुइँचालो जोखिममा छ भनी इलियटले उल्लेख गरेका छन्। त्यही भएर करिब १० हजार जनाको ज्यान लिएको गोरखा भुइँचालोलाई ‘अधकल्चो’ मानिन्छ।

भूगर्भविद्का अनुसार ठूलो धक्का आउँदा चुरे फेदमा जमिन चिरा परेर शक्ति निष्कासन हुनुपर्छ। यसको तरंग भने काठमाडौं हुँदै दोलखासम्म पुग्यो, तर चुरे फेदको जमिन चिरा पार्न सकेन। त्यो बेला जमिन चिरा परेको भए सम्भवतः गोरखा भुइँचालोको असर पूरै निख्रिन्थ्यो। हामीले यति लामो समय झट्का खाइ रहनु पर्ने थिएन। खानी तथा भूगर्भ विभागका वैज्ञानिक यसको पुष्टि गर्छन्।

विभागले भुइँचालो गएको केही साता भित्रै नेपालका विभिन्न ठाउँमा राखिएका जिपिएस स्टेसनबाट तथ्यांक निकालेको थियो। जिपिएस आँकडा अनुसार भुइँचालो दरार काठमाडौंको दक्षिणी भू-सतहमुनि अड्किएको देखियो। यसलाई सजिलो गरी बुझ्न कपडा उधारेको उदाहरण लिउँ।

तपाईंले कपडाको थान च्यातेको देख्नु भएकै होला। कपडा उधार्दा सुरुमा अलिकति च्यातिन्छ, बाटो बने पछि धर्रर उध्रिँदै जान्छ। कपडा उध्रिने शक्तिलाई भुइँचालो तरंग मान्ने हो भने त्यो काठमाडौं मुनि आएर अड्कियो। यहाँबाट दक्षिण सर्न सकेन।

दक्षिण सरेर चुरे फेदसम्मै पुगेको भए अझै भयावह भुइँचालो जान सक्थ्यो। बीचमै अड्कियो, ठूलो जनधन क्षति टर्यो। भविष्यलाई खतराको घन्टी बनेर भने झुन्डिएकै छ। अिहले काठमाडौं लगातार महशुस गरिएको धक्का त्यही खतराको घन्टी हो।

जिपिएसबाट हेर्दा अहिले पनि त्यो शक्ति जस्ताको तस्तै छ। दक्षिण सरेको छैन। त्यो कहिले निष्कासन हुन्छ र भुइँचालोको झट्का कहिले बन्द हुन्छ यसै भन्न सकिन्न। यो शक्ति कसरी निष्कासन होला त भन्ने प्रश्नमा नेपाली भूगर्भ वैज्ञानिकले चार सम्भावना देखाउँदै आएका छन्।

पहिलो, अड्किएको चिरा विस्तारै फुक्दै जानेछ र सानो-सानो भुइँचालोबाट शक्ति ‘रिलिज’ हुने छ। काठमाडौं र वरपर क्षेत्रमा केन्द्र विन्दु बनाएर जाने स-साना भुइँचालाले यहाँ गाँठो परेको चिरा उधार्दै चुरे फेदसम्म पुर्याइ दिन सक्छ।

यसो भइदिए साना म्याग्निच्युडका भुइँचाला लामो समय गइ रहने छन्। पछिल्लो चार महिना देखिका धक्का त्यसैको निरन्तरता हुनसक्छ। यही गतिमा शक्ति निख्रिन धेरै वर्ष लाग्न सक्छ, तर कम जोखिमपूर्ण हुन्छ।दोस्रो, वैशाख १२ को जस्तै अर्को धक्का आएर गाँठो परेको चिरा एकैचोटि चुरे फेदमा पुर्याइ दिन सक्छ। भए भरको शक्ति एकैचोटि ‘रिलिज’ हुन सक्छ।

जिपिएसबाट प्राप्त तथ्यांक अनुसार काठमाडौं मुनि अड्किएको चिरालाई चुरे फेदसम्म पुग्न लगभग ७ म्याग्निच्युडकै धक्काको खाँचो पर्छ। यसको अर्थ, त्यो बराबरको शक्ति भू-सतहमुनि जम्मा भएर बसेको छ भन्ने हो।

यति ठूलो शक्ति एकैचोटि बाहिर आउनु जोखिमपूर्ण हुनेछ। बेलायती वैज्ञानिक जन इलियटले आफ्नो शोधमा यही अवस्था खुलाउँदै काठमाडौंमा ‘अर्को ठूलो भुइँचालो जोखिम’ देखाएका हुन्।

उनले भने जस्तो एकैचोटि ठूलो भुइँचालो जान्छ भन्ने ठोस आधार केही छैन। बरु नेपालको भुइँचालो इतिहासले यसरी जम्मा भएको शक्ति स-साना धक्काबाट लामो समय लगाएर ‘रिलिज’ हुने सम्भावना बढी देखाउने भूगर्भविद् बताउँछन्।

तेस्रो, काठमाडौं मुनि अड्किएको शक्ति न एकै धक्कामा घिटिक्क बाहिर आउन सक्छ न त लामो समय लगाएर विस्तारै फुक्दै जानेछ। बरु पिप भरिएको पिलो जस्तो ५०-६० किलोमिटर तलसम्म गुजुल्टिँदै बस्छ र केही समय पछि बाहिर आउँछ।

जमिनको निकै गहिराइसम्म गुजुल्टिएको शक्ति बाहिर आउँदा त्यसले ल्याउने कम्पनको मात्रा कम हुन्छ। २०४५ को भुइँचालो यसै गरी निकै तलबाट आएकाले कम क्षति भएको थियो। चौथो, अन्य क्षेत्रमा ठूलो भुइँचालो जाँदा त्यही बेला यहाँ जम्मा भएको शक्ति स्वत : बाहिर निस्कन्छ र खतरा टर्छ।

उदाहरणका लागि, नेपालको पश्चिम क्षेत्रमा पाँच सय वर्ष देखि ८ म्याग्निच्युडभन्दा ठूलो भुइँचालो गएको छैन। त्यहाँ रन्किएर बसेको पिलो निचोरिँदो त्योसँगै काठमाडौं मुनि जम्मा भएको शक्ति बाहिर आउन सक्छ।

अब अर्को प्रश्न- चार वर्ष पछिका धक्कालाई पनि २०७२ कै निरन्तरता वा ‘परकम्पन’ किन भनिएको होला? एकचोटि ठूलो भुइँचालो आए पछि त्यस पछिका सबैलाई परकम्पन भन्ने त? त्यसो हो भने १९९० साल पछि सबै भुइँचालोलाई परकम्पन किन नभन्ने?

नेपाल भुइँचालोको जोखिममा छ भन्ने हामी सबैलाई ज्ञात भइ सक्यो। हामीले थाहा पाउने गरी वा नपाउने गरी खुसुखुसु भुइँचालो आइ रहेकै हुन्छ। कति त केन्द्रको रेकर्डमा समेत रहँदैन।

२०७२ वैशाख १२ गते ७.६ म्याग्निच्युडको ठूलो धक्का आउनु अघि पनि यस क्षेत्रमा सामान्य झट्का आइ रहन्थे। अहिलेका यी सानातिना झट्का जबसम्म २०७२ अघिको अवस्थामा फर्कंदैन, तबसम्म यसलाई परकम्पनकै रूपमा हेरिन्छ। केन्द्रका अनुसार वैशाख १२ को प्रभावक्षेत्र गोरखा देखि दोलखासम्म आइ रहेका धक्का अहिले पनि सामान्य भन्दा लगभग चार गुना बढी छ।

यसले के देखाउँछ भने, भुइँचालोको संख्या र शक्ति घट्दै गए पनि धक्का जारी छ। काठमाडौं बाहिर त हल्का फुल्का धक्का लगातार आइ रहेकै छन्, जुन हामीले यहाँ चाल नपाएका मात्र हौं। काठमाडौं नै हल्लाउने गरी परकम्पन आए पछि मात्र हामी चनाखो हुन्छौं।

अहिलेको अवस्था हेर्दा परकम्पन आउने क्रम अझै १०-१५ वर्ष जारी रहने केन्द्रका अधिकारीहरूले बताउँदै आएका छन्। नेपालमा फेरि भोली अर्थात बैशाख १२ गते भुकम्प जाने सम्भावना रहेको पनि बताउँदै आएका छन्। भोलिको दिन खतरा रहेकोले सबै जनताहरुले सर्तकता अपनाउन अपिल समेत गर्दै आएको छ।

Loading...

प्रतिकृया लेख्नुहोस्: