आषाढ़ १ गते, २०७६

काठमाडौको लोक सेवा आयोग अगाडि भव्य विरोध प्रर्दशन : हेरौं (भिडियो सहित)

पटक हेरिएको

काठमाडौं। लोक सेवा आयोगले निकालेको विज्ञापन प्रति असन्तुष्टि जनाउँदै दलित आन्दोलन र सबै दलसँग आबद्ध विद्यार्थी नेताहरुले सयुक्त संघर्ष समिति बनाएर आन्दोलन गरेका छन्।

आइतबार दलित आवद्ध विद्यार्थी संगठन र दलित आन्दोलनका अगुवाहरुबीच भएको छलफल पछि संयुक्त संघर्ष समिति बनाएर आन्दोलन गर्ने गरेका हुन्।

घोषणा लगतै उनीहरुले लोक सेवा आयोगकै कार्यलय अगाडी पुगेर समानुपातिक र समावेशी सिद्धान्त विपरित गरेर लोक सेवा आयोगले जारी गरेको विज्ञापन खारेज हुनु पर्ने माग गर्दे ज्ञापन पत्र बुझाउर्दै विरोध प्रर्दशन समेत गरेका छन्।

लोक सेवा आयोगले जारी गरेको विज्ञापन दलित समुदायले प्राप्त गर्दै आएको आरक्षण अर्थात समावेशी तथा समानुपातिक व्यवस्थालाई लत्याएको संघर्ष समितिले दावी गरेको छ। उनिहरुले संविधानको मर्म र भावना विपरित गएर दलित समुदायको हक अधिकारलाई कसैले खोस्न नमिल्ने टिप्पणी गरेका थिए।

हेर्नुहोस् भिडियो सहित

प्रतिकृया लेख्नुहोस्: