सुर्खेतमा टिप्परको ठक्करबाट पत्रकारको मृत्यु - Nepal Talk
आषाढ़ १८ गते, २०७७

सुर्खेतमा टिप्परको ठक्करबाट पत्रकारको मृत्यु

पटक हेरिएको

सुर्खेत । टिप्परको ठक्करबाट सुर्खेतमा एक पत्रकारको मृत्यु भएको छ। नेपाल पत्रकार महासंघ सुर्खेतका सहसचिव तथा सुर्खेत पहिचान दैनिकका सम्पादक नन्दबहादुर गेलाङको टिप्परको ठक्करबाट मृत्यु भएको हो।

बुधबार दिउँसो भेरीगंगा नगरपालिका ८ लादेमा टिप्परले गेलाङलाई ठक्कर दिएको हो। उनले चलाईरहेको मोटरसाइकललाई ठक्कर दिएपछि टिप्परले थिचेर ज्यान लिएको बताइएको छ।

गेलाङले रेडियो भेरी एफएम सुर्खेतमा स्थापनाकालदेखि नै लामो समय प्राबिधिकका रुपमा काम गरेका थिए। त्यसपछि नेपालवाणी नेटवर्क काठमाडौंमा पनि प्राबिधिकका रुपमा काम गरेका थिए भने पछि आफैले सुर्खेतमा दैनिक पत्रिका प्रकाशन गरेका थिए। ठक्कर दिने टिप्परलाई नियन्त्रणमा लिएर प्रहरीले छानबिन सुरु गरेको छ।

Loading...

प्रतिकृया लेख्नुहोस्: