आषाढ़ १ गते, २०७६

दाङको शान्तिनगरमा जीप दुर्घटना,११ जना घाइते

पटक हेरिएको

दाङ । दाङको शान्तिनगर ४ गब्दुवामा जीप दुर्घटना हुँदा ११ जना यात्रु घाइते भएका छन्। घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर छ। गम्भीर घाइते हुनेमा शान्तिनगर १ की ३९ वर्षीया खिमा ओलीको हात खुट्टा र टाउकोमा चोट लागेको छ, भने सोही ठाउँकी ५० वर्षीया छवी डाँगीको टाउकोमा चोट लागेको छ।

उनीहरूको राप्ती प्रादेशिक अस्पतालमा सामान्य उपचार पछि थप उपचारका लागि नेपालगंज लगिएको चिराघाट प्रहरी चौकीका प्रमुख भरतनाथ योगीले बताए। अन्य ९ जनाका भने राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइ रहेको छ। अन्य घाइते हुनेमा शान्तिनगर १ निवासी पुर्णकली राना, अनिता राना, संजय नेपाली, मन्तरी सोमै, भिमा घर्ती, टीका दर्लामी, डम्बर पुन, देविका ओली र आयुशा दर्लामी वसन्ता रहेका छन्।

शुक्रबार दिउँसो तुलसीपुरबाट खिलतपुर जाँदै गरेको लु १ ज ११९१ नम्बरको यात्रुबहाक जीप दुर्घटनामा परेको हो। जीप चालक टीकाराम खत्रीलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ। दुर्घटना के कारणले भयो भन्ने विषयमा अनुसन्धान भइ रहेको प्रहरीको भनाइ छ।

प्रतिकृया लेख्नुहोस्: