मंसिर ३ गते, २०७६

आठ लाख घुस सहित बिपी प्रतिष्ठानका उपकुलपति पक्राउ

पटक हेरिएको

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आठ लाख घुसहित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका उपकुलपति प्रा.डा. राजकुमार रौनियार र डा. रामहरि रौनियारलाई पक्राउ गरेको छ।

राजधानीबाट खटिएको अख्तियारको टोलीले उपकुलपति निवासबाट बिहीबार रौनियारद्वयलाई घुस रकमसहित रंगेहात पक्राउ गरेको हो।

प्रतिष्ठानको भवन निर्माणको ठेक्कामा कमिशन वापत सेवाग्राहीसँग घुस माग गरेको उजुरी परेपछि अख्तियारको टोली धरान पुगेको थियो। अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाका अनुसार उनीहरुमाथि अनुसन्धान सुरु भएको छ।

Loading...

प्रतिकृया लेख्नुहोस्: