श्रावण ३२ गते, २०७६

लालपुर्जा विहीन विश्वविद्यालय

पटक हेरिएको

काठमाडौं । कृषि तथा वन विश्वविद्यालय सञ्चालन भएको ९ वर्ष पूरा भइ सक्दा सो विश्वविद्यालयको नाममा लालपुर्जा छैन । लालपुर्जा नभएपछि विश्वविद्यालय कसरी सञ्चालन गर्ने भन्ने विषय अन्योलमा परेको छ । कृषि तथा वन विश्वविद्यालयका सिनेट सदस्यले तत्काल लालपुर्जा लिन दबाब दिएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सिनेटको बैठकमा त्रिविको नाममा रहेको ३ सय ३८ रोपनी जग्गा तत्काल कृषि तथा वन विश्वविद्यालयको नाममा ल्याएर लालपुर्जा बनाउनु पर्ने आवाज उठाइएको थियो ।

विश्वविद्यालयका सिनेट सदस्य ईश्वरीप्रसाद कडरियाले त्रिविको नाममा रहेको जग्गा तत्काल विश्वविद्यालयको नाममा ल्याउन दबाब दिएका थिए । कृषि तथा वन विश्वविद्यालय ऐन–२०६७ मा त्रिविको स्वामित्वमा रहेको रामपुर क्याम्पस परिसरमा उक्त विश्वविद्यालय स्थापना गर्ने उल्लेख छ । तर यस अघिका सिनेट बैठकमा सम्पत्ति हस्तान्तरण गर्ने विषय प्रवेश भए पनि टुङ्गो लाग्न सकेको थिएन । आठ वर्षसम्म चासो नदेखाएको सिनेट बैठकले तत्काल ऐन संशोधन गरी त्रिविको नाममा रहेको जग्गा कृषि तथा वन विश्वविद्यालयमा स्वतः आउन व्यवस्था गर्न समिति गठन गरेको थियो ।

Loading...

प्रतिकृया लेख्नुहोस्: