भाद्र ३१ गते, २०७६

नगद, चाँदी तथा सुनका गहना लुटपाट

पटक हेरिएको

ईलाम । देउमाई नगरपालिका-९ लोकमाडी गाउँ बस्ने ४७ वर्षीय दल बहादुर लिम्बुको घरबाट नगद ५ हजार रुपैयाँ, सुनका गहना करिब ३-५ तोला र चाँदी १५ तोला मंगलबार राति लुटपाट भएको छ।

लिम्बुको घरमा अपरिचित ५ जना व्यक्तिहरु आई उनीहरूलाई बास बस्न दिनुपर्छ भन्दै लिम्बु र उनकी श्रीमतीलाई पेस्तोल र खुकुरी देखाइ डोरीले बाँधेर उक्त धनमाल लुटपाट गरी फरार भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी जितपुरबाट खटिएको प्रहरीले लुटेराको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ।

Loading...

प्रतिकृया लेख्नुहोस्: