भाद्र ३१ गते, २०७६

आगलागीबाट विभिन्न धनमाल नष्ट

पटक हेरिएको

काठमाडौं । सोलुखुम्बु, खुम्बुपासाङल्हामु गाउँपालिका-२ सुर्के बस्ने रोमन राईको जस्ताले छाएको घरमा बुधबार बिहान आगलागी हुँदा करिब ५० लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ। ललितपुर, ललितपुर महानगरपालिका-२१ सानो खोकनास्थित भारतिय नागरिक बिनायक जैसवालको कपास कारखानामा बुधबार बिहान आगलागी भएको छ।

आगलागीको खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी परिसर ललितपुरबाट खटिएको प्रहरी, सशष्त्र प्रहरी बल, नेपाली सेना
र दमकल समेतको सहयोगमा आगो पूर्णरुपमा नियन्त्रणमा लिएको छ। आगलागीबाट भएको क्षतिको विवरण आउन बाँकी रहेको छ। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

Loading...

प्रतिकृया लेख्नुहोस्: