भाद्र ३१ गते, २०७६

आजको तपाईको राशिफल

पटक हेरिएको

मेष – दिन अनुकूल छ । प्राप्तिका स्रोतहरु खुल्नेछन् । विद्याबुद्धि बढ्नेछ । सिर्जनात्मक काम गरिनेछ । मन रमाउनेछ ।

वृष – दिन उत्तम छ । बौद्धिक तथा सिर्जनात्मक काम गरिनेछ । महत्वपूर्ण उपलब्धि हासिल हुनेछ । रमाइलो कार्यक्रममा उपस्थित भइनेछ ।

मिथुन – दिन सार्थक छ । धर्मकर्ममा मन जानेछ । सहयोग प्राप्त हुनेछ । शरीर पनि तन्दुरुस्त रहनेछ । मनमा सन्तोष मिल्नेछ ।

कर्कट – दिन प्रतिकूल छ । आटेको काममा व्यवधान आउनेछ । खर्चको मात्रा बढ्नेछ । ठूलो कामको आशा नगर्नु बेस हुनेछ ।

सिंह – दिन अत्युत्तम छ । कामप्रति जोश जाँगर बढ्नेछ । यात्रा गर्ने अनुकूल अवसर मिल्नेछ प्रियजन भेटिनेछन् । मनोरञ्जन गरिनेछ ।

कन्या – दिन अनुकूल छ । शत्रु परास्त हुनेछन् । शरीर सबल रहनेछ । ठूलो याजनाको काम हात लाग्नेछ । मन रमाउनेछ ।

तुला– दिन ठिक छ । निर्णय क्षमताको विकास हुनेछ । मनमा चिन्ता हट्नेछ । प्रतिसपर्धामा काम बन्नेछ । शरीर स्वस्थ रहनेछ ।

वृश्चिक – दिन प्रतिकूल छ । व्यवहारिक कठिनाइ आइलाग्नेछ । गलत सङ्कतको प्रभाव पर्नसक्छ सावधानी अपनाउनु पर्नेछ । खर्चमा वृद्धि हुनेछ ।

धनु– दिन उत्तम छ । आटेको काम बन्नेछ । बौद्धिक तथा रचनात्मक काम गरिनेछ । यश, कीर्ति मिल्नेछ । सामाजिक दायित्व बढ्नेछ ।

मकर – दिन अनुकूल छ । मिठो बोलीले प्रसन्नता प्रदान गर्नेछ । खानपानका विभिन्न परिकारहरु मिल्नेछ । शरीर स्वस्थ रहनेछ ।

कुम्भ – दिन भाग्यवर्धक छ । मनोबल उच्च रहनेछ । दीर्घकालीन कार्ययोजना तय हुनेछ । कार्य सम्पादनमा गति थपिनेछ ।

मीन – दिन प्रतिकूल छ । अनावश्यक खर्चले दुःख दिन सक्नेछ । ठूलो कामको अपेक्षा नगर्नु नै बेस हुनेछ । मुख्य काममा व्यवधान आउनेछ।

Loading...

प्रतिकृया लेख्नुहोस्: