भाद्र ३१ गते, २०७६

पहिरोमा परी दुई जनाको मृत्यु

पटक हेरिएको

रुकुम । मुसीकोट नगरपालिका-१० चुन भन्ने स्थानमा बुधबार साँझ पहिरोमा परी सोही ठाउँ बस्ने दिलबहादुर बिककी १२ वर्षीया छोरी दिलमाया बिक र सोही ठाउँ बस्ने रणबहादुर कामीको १० वर्षीया छोरी साबित्री बिकको मृत्यु भएको छ।

स्कूलबाट घर फर्कदै गर्दा पहिरोमा परी मृत्यु भएको भन्ने खबर प्राप्त हुना साथ प्रहरी चौकी झुलखेतबाट तत्काल खटिएको प्रहरीले पहिरो गएको स्थानमा आवश्यक उद्धार कार्य गरि रहेको छ।

Loading...

प्रतिकृया लेख्नुहोस्: