भाद्र ३१ गते, २०७६

आगलागीबाट ठुलो क्षती

पटक हेरिएको

काठमाडौं । दाङ जिल्ला बङ्गलाचुली गाउँपालिका-५ कुडुले बस्ने ४० वर्षीय ओबिराम ओलीको घरमा बुधबार दिउँसो आगलागी हुँदा घर जलेर करिब २ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको
छ ।

त्यसै गरी सप्तरी जिल्ला राजबिराज नगरपालिका- ७ खर्साल टोल डेरा गरी बस्ने कैलाली नारायणपुर गाउँपालिका-७ का ३८ वर्षीय सोवन परियारको कोठामा बुधबार साँझ फ्रिजको तार सर्ट भई आगलागी हुँदा नगद १ लाख ५० हजार रुपैयाँ र विभिन्न सामानहरू समेत जलेर करिब २ लाख ५० हजार रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ।

यसै गरी सप्तरी, छिन्नमस्ता गाउँपालिका- २ रामपुरा बस्ने प्रमोद दासको घरमा बिहीबार बिहान आगलागी भई बस्तीमा फैलिएर ३ जनाको ३ वटा घर जली करिब १ लाख ५० हजार रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ।

साथै अग्निसाइर कृष्णासबरण गाउँपालिका-५ धिमार टोल बस्ने ३५ वर्षीय सन्तोष कुमार लेखीको जस्ताको छानो भएको घरमा बुधबार साँझ आगलागी हुँदा घर, फोटोकपी मेशिन, प्रिन्टर र किराना सामाग्री समेत जली करिब १ लाख ३० हजार रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ। स्थानीयबासीको सहयोगमा आगो नियन्त्रणमा लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरि रहेको छ।

Loading...

प्रतिकृया लेख्नुहोस्: