भाद्र ३१ गते, २०७६

सवारी दुर्घटनामा परी चार जनाको मृत्यु

पटक हेरिएको

रौतहट । चन्द्रपुर नगरपालिका-२ जुडिबेलास्थित सडकमा ना. १ ह ९९३० नम्बरको ट्याम्पोले ठक्कर दिँदा बुधबार साँझ गम्भीर घाइते भएका सोही ठाउँ बस्ने साईकलयात्री ५० वर्षीय सानुराम चौधरीको चपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ। हाल फरार ट्याम्पो चालकको प्रहरीले खोजी गरि रहेको छ।

महोत्तरी, मठियानी नगरपालिका-२ स्थित सडकमा ज.१ ह २८०७ नम्बरको ट्याम्पोले बुधबार साँझ ठक्कर दिँदा गम्भीर घाइते भएका सोही ठाउँ आबर बस्ने पैदलयात्री ५५ वर्षीय छिवन यादवको जनकपुर अञ्चल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ। दुर्घटनमा घाइते भएका सोही ठाउँ बस्ने ३० वर्षीय संजय साहको सोही अस्पतालमा उपचार भइ रहेको छ। ट्याम्पो नियन्त्रणमा लिई हाल फरार चालकको प्रहरीले खोजी गरि रहेको छ।

त्यसै गरी पर्सा जिल्ला जगरनाथपुर गाउँपालिका-१ पिडारी बस्ने जादो लाल रामको छोरा ४ वर्षीय छोरा रितेश रामको हाल नम्बर नखुलेको सवारी साधनको ठक्करबाट बुधबार साँझ मृत्यु भएको छ। मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका रितेशको उपचारको लागि नेशनल मेडिकल कलेज वीरगंजतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो। ठक्कर दिने मोटरसाइकल र चालकको प्रहरीले खोजी गरि रहेको छ।

सुनसरी जिल्ला भोक्राहा नर्सिंङ गाउँपालिका-५ जनता चोकमा हाल नम्बर नखुलेको सवारी साधनले ठक्कर दिँदा गम्भीर घाइते भएका रौतहट चन्द्रपुर नगरपालिका-१० बस्ने १९ वर्षीय अभिनाश चौधरीको जिल्ला अस्पताल ईनरुवामा उपचारको क्रममा मृत्यु भएको छ । ठक्कर दिने सवारी साधन र चालकको प्रहरीले खोजी गरि रहेको छ। यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरि रहेको छ।

Loading...

प्रतिकृया लेख्नुहोस्: