भाद्र ३१ गते, २०७६

खुकुरी प्रहार गरी घाइते बनाएको अभियोगमा पक्राउ

पटक हेरिएको

झापा । कन्काई नगरपालिका-२ स्थित धनुषकोटी बस्ने ३२ वर्षीय डम्बर बहादुर राई समेत ३ जनालाई खुकुरी प्रहार गरी घाइते बनाएको अभियोगमा सोही ठाउँ बस्ने ४० वर्षीय धन बहादुर राईलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ।

उक्त स्थानमा ईलामबाट काठ तस्करी गरी ल्याउँदै गरेको भन्ने सुकेडाँगी सामुदायिक वन उपभोक्ता समितिले थाहा पाई गस्ती गर्दै जाँदा तस्करहरुले उपभोक्ता समितिका डम्बर बहादुर समेतका ३ जनालाई धारिलो हतियार खुकुरी प्रहार गरी घाइते बनाएको भन्ने खबर प्राप्त हुना साथ ईलाका प्रहरी कार्यालय सुरूङ्गाबाट खटिएको प्रहरीले १०/१२ क्यु फिट काठ सहित खुकुरी प्रहार गर्ने मध्येका धनबहादुरलाई पक्राउ गरेको हो। घाइतेहरूको बिएनसी अस्पताल बिर्तामोडमा उपचार भइ रहेको छ। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरि रहेको छ।

त्यसै गरी काठमाडौं महानगरपालिका-१३ सोल्टी मोडस्थित सडक पेटीबाट सोही ठाउँ बस्ने ८२ वर्षीय पुरुषको करिब १ लाख रुपैयाँ मूल्य बराबरको १.५ तोलाको सुनको सिक्री बुधबार बिहान ठगी भएको छ। करिब ३५ वर्षीय अपरिचित २ जना पुरुषहरुले नक्कली सुनको बिस्कुट देखाई प्रलोभनमा पारी उनको हातमा लगाएको उक्त सुनको औंठी ठगी गरी फरार भएको भन्ने जानकारी प्राप्त हुना साथ महानगरीय प्रहरी वृत्त कालीमाटीबाट खटिएको प्रहरीले यस सम्बन्धमा थप अनुसन्धान गरि रहेको छ।

Loading...

प्रतिकृया लेख्नुहोस्: