भाद्र ३१ गते, २०७६

चितवन मेडिकल कलेजमा डेंगुको निशुल्क परीक्षण

पटक हेरिएको

चितवन। चितवन मेडिकल कलेज शिक्षण अस्पताल सीएमसी ले विपन्न गरिब बिरामीहरुको निस्शुल्क डेङ्गु परिक्षण सुरु गरेको छ। अस्पताल निर्देशक प्रोफेसर डाक्टर दयाराम लम्साल र अस्पताल जनसम्पर्क अधिकृत हरि बोहराले भरतपुरका भरत लामालाई डेङ्गु परिक्षण गर्ने किट हस्तान्तरण गर्दै सीएमसीमा निशुल्क डेङ्गु परिक्षण सुरु गरेका गरेका हुन्।

देशभर डेङ्गुले प्रकोपको रुप लिएको समयमा अस्पतालको सामाजिक अभियान अन्तर्गत निस्शुल्क डेङ्गु परिक्षण गर्ने अस्पतालका अध्यक्ष तथा प्रबन्ध निर्देशक डा हरिश्चन्द्र न्यौपानले जानकारी दिए। नियन्त्रणमा सहयोग पुर्‍याउने उद्देश्यले एक हजार जना बिपन्न वर्गहरुलाई निस्शुल्क डेङ्गु परिक्षण गराईने अस्पातलका निर्देशक डा दयाराम लम्सालले जानकारी दिए।

‘अहिले डेङ्गु र ज्वरोको महामारी रहेकाले त्यस्ता बिरामीहरु जो अस्पातल आउने सकेका छैनन् उनीहरुलाई लक्षित गरेर यो सेवा प्रदान गर्न लागेका हौँ’ उनले भने’, ‘कोही पनि बिरामी नछुटुन भनेर नै हामीले अहिलेलाई एक हजार जना गरिब तथा बिपन्न वर्गलाई निस्शुल्क डेङ्गु परीक्षण र परामर्श दिन लागेका हौँ।’

सरकारले बनाएको बिपन्न वर्गको मापदण्ड अनुसार नै बिरामीलाई यो सेवा प्रदान गरिने उनले बताए। मनसुन र पोस्ट मनसुनपछि डेङ्गुको संक्रमण बढ्न सक्ने भएकोले अझै २ महिनासम्म यसको प्रकोप रहन सक्ने उनले बताए। कार्तिकसम्म डेङ्गुको प्रकोप घट्ने सम्भावना नरहेकोले नियन्त्रणमा सहयोग पुर्‍याउन यो सेवा शुरु गरिएको डा लम्सालले बताए।

Loading...

प्रतिकृया लेख्नुहोस्: