भाद्र ३१ गते, २०७६

१ लाख घुस सहित न्यायाधीशका ड्राइभर पक्राउ

पटक हेरिएको

सिरहा । जिल्ला अदालत सिरहामा कार्यरत एक न्यायाधीशका सवारी चालक घुस सहित पक्राउ परेक छन्। सवारी चालक वृजमोहन यादवलाई १ लाख १० हजार घुस सहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले बिहीबार पक्राउ गरेको छ।

पक्राउ परेका यादव इजलास-३का न्यायाधीश नरनारायण पौडेलका सवारी चालक हुन्। आयोगको कार्यालय बर्दिबासको टोलीले उनलाई सिरहा सदरमुकामस्थित खड्ग होटलबाट पीडितसँग घुस लिँदै गरेको अवस्थामा पक्राउ गरेको अख्तियारको बर्दिबास प्रवक्ता हरिप्रसाद प्रसाद घिमिरेले जानकारी दिए।

उनका अनुसार यादवले अदालतमा विचाराधीन रहेको मुद्दा मिलाइ दिने भन्दै पीडितसँग रकम माग गरेको थिए।

Loading...

प्रतिकृया लेख्नुहोस्: