भाद्र ३१ गते, २०७६

गुण्डागर्दीमा संलग्नलाई प्रहरीको गोली

पटक हेरिएको

काठमाडौं । व्यवसायीलाई धम्काएर पैसा माग्ने गरेको आरोप लागेका धादिङका साजन गुरुङमाथि प्रहरीले गोली चलाएको छ । काठमाडौंको गोलढुंगामा पक्राउ गर्न खोज्ने क्रममा प्रहरीमाथि नै पेस्तोल देखाएपछि खुट्टामा गोली हानिएको प्रहरीले जनाएको छ ।

महानगरीय अपराध महाशाखाको टोलीले गोली हानेर उनलाई पक्राउ गरेको हो। उनी जेल बसेर छुटेको र अहिले पनि गुण्डागर्दीमा संलग्न रहेको महाशाखाका प्रमुख एसएसपी सहकुल थापाले बताए । उनले निर्माण व्यवसायी तथा वालुवा–गिटी व्यवसायीलाई पेस्तोल देखाएर धम्काउने गरेको उजुरी परेको थियो।

उनको साथबाट पेस्तोल प्रहरीले बरामद गरेको छ। उनी शरद गौचन हत्या घटनाका प्रमुख अभियुक्त समिरमानसिंह बस्नेतको गिरोहमा आबद्ध रहेको प्रहरी भनाइ छ। उनका सहयोगी कार्जन गुरुङ पनि पक्राउ परेका छन् । नयाँ पत्रिका दैनिकबाट

Loading...

प्रतिकृया लेख्नुहोस्: