आश्विन २९ गते, २०७६

सवारी दुर्घटनामा परी तीन जनाको मृत्यु

पटक हेरिएको

काठमाडौं । चितवन, धादिङ र सुनसरीमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ३ जनाको मृत्यु भएको छ।

चितवन, भरतपुर महानगरपालिका-१ आँपटारीस्थित सडकमा ना.१ ज ५२९९ नम्बरको म्याजिक भ्यान अनियन्त्रित भई मंगलबार बिहान दुर्घटना हुँदा गम्भीर घाइते भएका भ्यानमा सवार माडी नगरपालिका-४ सितलपुर बस्ने २२ वर्षीया निसा नेपालीको सरकारी अस्पताल भरतपुरमा उपचारको क्रममा मृत्यु भएको छ। म्याजिक भ्यान र चालकलाई प्रहरीले नियन्त्रणामा लिएको छ।

धादिङ, बेनिघाट रोराङ गाउँपालिका-३ स्थित राजमार्गमा बा.६२ प ७६५ नम्बरको मोटरसाइकल अनियन्त्रित भई मंगलबार बिहान दुर्घटना हुँदा गम्भीर घाइते भएका मोटरसाइकलमा सवार काठमाडौं कपन बस्ने ३२ वर्षीय बिजय नगरकोटीको उपचारका लागि काठमाडौंतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको छ। मोटरसाइकल र चालकलाई प्रहरीले
नियन्त्रणमा लिएको छ।

सुनसरी, ईटहरी उपमहानगरपालिका-१३ खनार सोमबारेस्थित धरान-विराटनगर सडकखण्डमा मंगलबार बिहान को.१ ख २७४७ नम्बरको बसले साइकललाई ठक्कर दिँदा गम्भीर घाइते भएका साइकलयात्री मोरङ रतुवामाई नगरपालिका-७ बस्ने ३४ वर्षीय मंगल सिंह दमाईको कोशी अञ्चल अस्पताल विराटनगरमा उपचारको क्रममा मृत्यु भएको छ। बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

Loading...

प्रतिकृया लेख्नुहोस्: