आश्विन २९ गते, २०७६

पहिरोबाट धनमाल नष्ट

पटक हेरिएको

काठमाडौं । स्याङजा, फेदिखोला गाउँपालिका-४ मा मंगलबार गएको पहिरोबाट करिब ४ लाख ७० हजार रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ। सोही ठाउँ कोटमुनी बस्ने श्यामबहादुर दमाई र गोपाल दमाईको ढुङगा माटोले बनेको संयुक्त घरको पर्खाल र गोठ तथा सोही ठाउँ बस्ने लालकाजी गुरुङको गोठको पुरिँदा उक्त मूल्य बराबरको धनमाल नष्ट भएको हो। संखुवासभा, सिलिचोङ गाउँपालिका-३ बस्ने अर्जुन राईको टिनको छानो भएको १ तले घर वर्षाको कारण मंगलबार बिहान भत्किदाँ करिब ५ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ। पहिरो गएको स्थानमा खटिएको स्थानीय प्रहरीलेआवश्यक उद्धार कार्य गरिरहेको छ।

Loading...

प्रतिकृया लेख्नुहोस्: