आश्विन २९ गते, २०७६

हत्याका तीन अभियुक्तद्वारा अदालतमा आत्मसमर्पण

पटक हेरिएको

हुम्ला । हुम्लाको साविक दार्मा गाविसका नेत्रबहादुर शाहीको हत्या अभियोगमा १२ वर्षदेखि फरार भएका तीन जनाले जिल्ला अदालत हुम्लामा आत्मसमर्पण गरेका छन्। उनीहरूले आफैँ अदालतमा हाजिर भएर बयान दिएका हुन्। शाहीको हत्याको आरोप लागेका चंखेली गाउँपालिका शुरविर ऐडी, अजविर बुढा, र हर्कवीर बुढा मंगलबार बिहान साढे १२ बजे हुम्ला जिल्ला अदालतमा पुगेर हाजिर भएका हुन्।

जिल्ला अदालतका न्यायाधीस चन्द्रकान्त पौडलेले मुख्य अभियुक्त मानिएका तीनैजना आफैँ आएर अदालतमा बयान दिएको जानकारी दिए। वि.स २०६३ साल फागुन महिनामा तत्कालीन नेकपा माओवादी पार्टी आवद्ध नेताको संलग्नता आफ्नो दाइ नेत्रबहादुर शाहीको हत्या गरेको भन्दै भाइ प्यारीलाल शाहीले जिल्ला अदालत हुम्लामा कर्तव्य ज्यान मुद्दा चलाएका थिए।

जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तिमगरले पनि अभियुक्त तिनैजान आफैँ आएर अदालतमा बयान दिइ रहेको बताए। शाही हत्याको अभियोगमा यस अघि पक्राउ परेका सातजनालाई कर्तव्य ज्यान मुद्दा दर्ता गरेकोमा हुम्ला जिल्ला अदालतले केही समय अघि दुईजना विरुद्ध फैसाला सुनाएको थियो भने दुई जानलाई पुर्पक्षका लागि कारागार चलान गरेको थियो।

Loading...

प्रतिकृया लेख्नुहोस्: