आश्विन २९ गते, २०७६

संखुवासभामा अक्करको भिरबाट जिप खस्यो, ६ जना बेपत्ता

पटक हेरिएको

संखुवासभा । सदरमुकाम खाँदबारीबाट बिरामी बोकेर धरानतर्फ जाँदै गरेको एउटा जीप गएराति अक्करको भिरबाट अरुण नदीमा खस्दा ६ जना बेपत्ता भएका छन्। जिल्लाको धर्मदेवी नगरपालिका–८ स्थित अक्करको भीरबाट को १ ज ३७४९ नम्बरको बोलेर उक्त जीप राति साढे १० बजेको समयमा सीधै अरुण नदीमा खसेर बेपत्ता भएको हो।

चालक सन्तोष विकले हाँकि रहेको उक्त जीप अरुणमा खसेपछि खाँदबारीबाट तत्कालै प्रहरीको टोली परिचालित भएको थियो। तर केही दिनदेखिको वर्षात्ले उर्लिएको अरुणमा जीप पुरै डुबेकाले उद्धारमा समस्या भएको डिएसपी मिम लामाले जानकारी दिए। अहिलेसम्म चालकको मात्रै नाम खुलेको छ । बिरामी र अन्य यात्रुको पहिचान हुन नसकेको डिएसपी लामाले जानकारी दिए ।

Loading...

प्रतिकृया लेख्नुहोस्: