आश्विन २९ गते, २०७६

रित्तिदै शहर-भरिँदै गाउँघर

पटक हेरिएको

काठमाडौं । दशै मनाउन घर जानेहरुको लर्को लाग्न थालेको छ । शहर, बजार रित्तिन थालेका छन्  । गाउँ भरिदै गएका छन्  । बाँसगढी नगरपालिकाका सुरेश सुनार दसैं मनाउन घर फर्किएका छन् । उनी एक वर्षदेखि भारतको चण्डीगढमा मजदुरी गरि रहेका थिए । दसैंतिहार मनाएर फेरि मजदुरी गर्न उतै फर्किने सोचमा छन् । गाउँमै रोजगारी नभएकाले परदेश जाने गरेको उनले बताए । चाडपर्वका बेला प्रत्येक वर्ष गाउँ फर्किन्छन् ।

वर्ष भरिको थकान मेटेर र साथीभाइ भेटेर उनी कर्मथलो फर्किन्छन् । गाउँका उनी जस्ता थुप्रै युवा कामका लागि मजदुरी गर्न स्वदेश तथा विदेश गएका छन् । चाडपर्वमा भने उनीहरू घर फर्किन्छन् ।

भारतमा रहेका हजारौं नेपाली युवा अहिले दसैं मनाउन धमाधम गाउँ फर्किरहेका छन् । मजदुरी, रोजगारी र अध्ययनका लागि जिल्ला बाहिर गएका पनि फर्किंदै छन् । धेरैजसो फूलपातीसम्म घर आइ पुग्छन् । बसले छतमा समेत यात्रु राखी ओसारि रहेका छन् । गाउँघर गुलजार छन् । युवा फर्केपछि गाउँमा सांस्कृतिक एवं खेलकुद कार्यक्रम आयोजना गरिन्छन् ।

मित्र मिलन र शुभकामना साटासाट गरिन्छ । चाडपर्वभन्दा अन्य समय गाउँमा बालबालिका, महिला र ज्येष्ठ नागरिक मात्रै भेटिन्छन् ।

Loading...

प्रतिकृया लेख्नुहोस्: