कार्तिक २५ गते, २०७६

आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

पटक हेरिएको

काठमाडौं । सप्तरी, मोरङ र कपिलवस्तुका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै आगलागीबाट करिब २७ लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ।

सप्तरी, सप्तकोशी नगरपालिका-१ हलेशी टोल बस्ने डिल्ली बहादुर बस्नेतको घरमा मंगलबार दिउँसो आगलागी हुँदा घर तथा घरभित्र रहेको नगद, अन्नपात, लत्ताकपडा, भाडावर्तन, काठपात लगायतका सामान जलेर करिब ५ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ।

मोरङ, रंगेली नगरपालिका-१ गोही गडा बस्ने डिसाद चौधरीको गोठमा मंगलबार दिउँसो आगलागी हुँदा घर, घरभित्र रहेको नगद, सुन तथा चाँदीका गरगहना र अन्नपात लगायतका सरसामानहरु जलेर करिब ७ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ।

कपिलवस्तु, महाराजगंज नगरपालिका-९ औरहवा बस्ने ३० वर्षीय बिजय कुमार रैदासको गोठमा मंगलबार राति आगलागी भई छिमेकी ४५ वर्षीय वंशराज रैदास र ३५ वर्षीय तौलेश्वर रैदासको गरी तीनै जनाको घर जलेर करिब १५ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ।

स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

Loading...

प्रतिकृया लेख्नुहोस्: