कार्तिक २५ गते, २०७६

गोली प्रहार गरी हत्या गरेको अभियोगमा पक्राउ

पटक हेरिएको

धनुषा । जनकपुर उपमहानगरपालिका-१४ मुजेलियामा सोही उपमहानगरपालिका-१ भानुचोक बस्ने ४१ बर्षीय मनोज साहको गोली हानी हत्या गरेको अभियोगमा सोही महानगरपालिका-१४ मुजेलिया बस्ने दामोदर भन्ने ३६ वर्षीय पंकज चौधरीलाई प्रहरीले पक्राउ गरेको छ।

बुधबार बिहान गोली प्रहार हुँदा गम्भीर घाइते भएका साहलाई जनकपुर अञ्चल अस्पताल लगिएकोमा उपचारको क्रममा उनको मृत्यु भएको थियो। घटनापश्चात तत्काल जिल्ला प्रहरी कार्यालय धनुषा र वडा प्रहरी कार्यालय मुजेलियाबाट अनुसन्धानमा खटिएको प्रहरीले सोही ठाउँस्थित ब्रम्हदेव यादवको घरमा लुकीछिपी बसेको अवस्थामा घटनामा संलग्न चौधरीलाई फेला पारी पक्राउ गरेको हो।

साथै चौधरीको साथबाट नलकटुवा पेस्तोल १ थान, त्यसमा लाग्ने गोली ३ राउण्ड र ७.६५ पेस्तोलमा लाग्ने गोली १५ राउन्ड तथा घटनास्थलबाट होममेड पेस्तोल १ थान, त्यसमा लाग्ने गोली ४ राउण्ड र खोका २ थान प्रहरीले बरामद गरको छ। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

Loading...

प्रतिकृया लेख्नुहोस्: