कार्तिक २५ गते, २०७६

सवारी दुर्घटनामा परी ३ जनाको मृत्यु

पटक हेरिएको

काठमाडौं । काठमाडौं महानगरपालिका-१५ हलचोकस्थित सडकमा बा.४ ख ८४०६ नम्बरको बसले बुधबार बिहान ठक्कर दिँदा गम्भीर घाइते भएकी नागार्जुन नगरपालिका-३ ठुलो भर्‍याङ घर भएकी ६७ वर्षीया पैदलयात्री सानुमाया श्रेष्ठको मनमोहन अस्पताल स्वयम्भूमा उपचारको क्रममा मृत्यु भएको छ। बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

डोल्पा, त्रिपुरासुन्दरी नगरपालिका-१ भित्तेमा भे.८ प ९१५६ नम्बरको मोटरसाइकल सडकबाट करिब १० मिटर तल पल्टिएर बुधबार बिहान दुर्घटना हुँदा गम्भीर घाइते भएका मोटरसाइकलमा सवार ठूली भेरी नगरपालिका-३ बस्ने २४ वर्षीय ज्ञान बहादुर बुढाको जिल्ला अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ।

मकवानपुर, बकैया गाउँपालिका-४ तामारखोलास्थित सडकमा प्रदेश ३-०३-००१ प ६२० नम्बरको मोटरसाइकलले बुधबार बिहान ठक्कर दिँदा गम्भीर घाइते भएका पैदलयात्री बकैया गाउँपालिका-७ अधेरी बस्ने ५५ वर्षीय कृष्ण बहादुर लोको चुरेहिल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ। दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

Loading...

प्रतिकृया लेख्नुहोस्: