मंसिर ४ गते, २०७६

हुण्डीको रकमसहित दुई जना पक्राउ

पटक हेरिएको

विराटनगर । विराटनगर महानगरपालिका १५ स्थित भन्सार कार्यालयको अगाडिको वाटोमा हुण्डी कारोबार गर्ने दुईजना पक्राउ परेका छन् । को ३९ प ७३९६ नं. को मोटरसाइकल प्रयोग गरी अवैध नगद रूपैयाँको ओसारपसार गरि रहेको भन्ने गोप्य सूचनाको आधारमा प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको मोरङ प्रहरीले जनाएको छ ।

भारतबाट नेपालतर्फ आएका को ३९ प ७३९६ नं. को मोटरसाइकल रोकेर चेकजाँच गर्दा जिल्ला मोरङ विराटनगर म.न.पा.वार्ड न. १४ ओमसाइराम टोल बस्ने वर्ष वर्ष ३० को ज्योति कुमार साह र सोही मोटरसाइकलमा पछाडि सवार अर्का व्यक्ति पक्राउ परेका हुन् ।

उनी भारत जिल्ला अररिया वडा नं.१७ जोगवनी साँहुटोल बस्ने वर्ष १९ को विक्की कुमार साह भएको मोरङ प्रहरी प्रवक्ता राजकुमार खिउंजुले बताए । उनीहरुको साथबाट कुल नगद रू ७ लाख बरामद भएको प्रहरीको भनाइ छ।

उनीहरूमध्ये मोटरसाइकल चालक ज्योतिकुमार साहको साथबाट रू चार लाख रूपैयाँ र सोही मोटरसाइकलमा पछाडि सवार रहेका विक्की कुमार साहको साथबाट रू ३ लाख कुल रू ७ लाख फेला परेको हो । उनीहरुले उक्त रकमको श्रोत खुलाउन नसकेको खिउजुले बताए।

Loading...

प्रतिकृया लेख्नुहोस्: