मंसिर ४ गते, २०७६

लागुऔषध कारोबारमा संलग्न वडाध्यक्ष पक्राउ

पटक हेरिएको

काठमाडौं । लागुऔषध चरेस कारोबारमा नुवाकोटको म्यागन गाउँपालिका ४ का वडाध्यक्ष रामबहादुर तामाङ पक्राउ परेका छन्। तामाङ कांग्रेसबाट निर्वाचित वडाध्यक्ष हुन् । लागूऔषध चरेस कारोबार गरेको आरोपमा अदालतले दोषी ठहर गरेको १५ वर्षपछि उनलाई प्रहरीले पक्राउ गरेको हो।

उनलाई जिल्ला अदालत काठमाडौंले २७ जेठ २०६१ मा ३ वर्ष कैद र २५ हजार रुपैयाँ जरिवाना सजाय तोकेको थियो। तर, उनी ३ महिना ७ दिन अनुसन्धानका क्रममा हिरासतमा रहेर छुटेका थिए।

विशेष सूचनाका आधारमा उनलाई जिल्ला प्रहरी कार्यालय, नुवाकोटसँग समन्वय गरेर काठमाडौं ल्याइएको छ।

Loading...

प्रतिकृया लेख्नुहोस्: