मंसिर २० गते, २०७६

विद्युत चुहावट कार्यमा संलग्न ३० जना पक्राउ

पटक हेरिएको

बारा । फेटा गाउँपालिका-३ र ४ फेटा गाउँ तथा विश्वामपुर गाउँपालिका-१ र २ बतरा बरैनियाबाट विद्युत चुहावट कार्यमा संलग्न ३० जनालाई सोमबार बिहान प्रहरीले पक्राउ
गरेको छ।

जिल्ला प्रहरी कार्यालय तथा नेपाल विद्युत प्राधिकरण कलैया वितरण केन्द्र बाराबाट संयुक्त रुपमा खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरि रहेको छ।

त्यसै गरी बारा जिल्ला वन मुद्दाका फरार प्रतिवादी जितपुर सिमरा उपमहानगरपलिका-२० बस्ने ४० वर्षीय देवानन्द गिरीलाई सोमबार प्रहरीले पक्राउ गरेको छ।

वन मुद्दामा जिल्ला अदालत बाराको २०५९ पुस २३ गतेको फैसलाले ६ महिना कैद ठहर भई फरार रहेका उनलाई ईलाका प्रहरी कार्यालय सिमरा बाराबाट खटिएको प्रहरीले
पक्राउ गरेको हो।

गिरीलाई जिल्ला अदालत बारामा पेश गरिएकोमा अदालतको आदेशले कैद भुक्तानको लागि कारागार कार्यालय वीरगंज पठाइएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।

Loading...

प्रतिकृया लेख्नुहोस्: