मंसिर २० गते, २०७६

जुवातास खेलि रहेको अवस्थामा १७ जना पक्राउ

पटक हेरिएको

झापा । भद्रपुर नगरपालिका-५ भद्रपुर बजारस्थितमा पुल हाउसमा जुवातास खेलि रहेको अवस्थामा भद्रपुर नगरपालिका-६ बस्ने ४१ वर्षीय संजित घोस लगायत १७ जनालाई नगद २ लाख २६ हजार ५ सय ४२ रुपैयाँ र १ थान तास सहित आइतबार राति प्रहरीले पक्राउ गरेको
छ ।

उक्त पुल हाउसमा जुवातास खेलिरहेको भन्ने सूचनाको आधारमा वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरीले उनीहरुलाई जुवातास खेलिरहेको अवस्थामा फेला पारी उक्त नगद सहित पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरि रहेको छ।

त्यसै गरी काठमाडौं महानगरपालिका-३२ सनराईज चोकस्थित डिउटीमा खटिएको प्रहरीलाई नगद १ हजार रुपैयाँ दिई आर्थिक प्रलोभनमा पार्न खोज्ने कागेश्वरी मनहरा नगरपालिका-७ बस्ने दोलखा घर भएका २८ वर्षीय अनुप सुवेदी र कागेश्वरी मनहरा नगरपालिका-७ बस्ने २८् वर्षीय उमेश सुबेदीलाई आइतबार प्रहरीले पक्राउ गरेको छ।

महानगरीय प्रहरी प्रभाग काँडाघारीबाट खटिएको प्रहरीले दुवै जनालाई मादक पदार्थ सेवन गरी बा.९६ प ९३६६ र बा.८७ प ३२०४ नम्बरका मोटरसाइकल चलाएको अवस्थामा फेला पारी कारवाही गर्ने खोज्दा उनीहरुले उक्त रकम प्रहरीलाई दिन खोजे पश्चात उक्त रकम सहित प्रहरीले पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरि रहेको छ।

Loading...

प्रतिकृया लेख्नुहोस्: