मंसिर २० गते, २०७६

सवारी दुर्घटनामा परी २ जनाको मृत्यु

पटक हेरिएको

काठमाडौं । बारा र मोरङका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी २ जनाको मृत्यु भएको छ। बारा जिल्ला पर्सौनी गाउँपालिका-३ नवतन चोकस्थित सडकमा आइतबार दिउँसो ना.४ ख ३७५६ नम्बरको बसको ठक्करबाट गम्भीर घाइते भएका पैदलयात्री पर्सौनी गाउँपालिका-३ बस्ने २३ वर्षीय दिपेश साहको नारायणी अस्पताल वीरगंजमा उपचारको क्रममा मृत्यु भएको छ। फरार बस चालकको प्रहरीले खोजी गरि रहेको छ।

मोरङ जिल्ला सुन्दरहरैचा नगरपालिका-८ बिराटचोकस्थित सडकमा को.१ ख २४११ नम्बरको ट्रक र बा.३७ प ८७५९ नम्बरको मोटरसाइकल आइतबार राति एकआपसमा ठक्कर खाई दुर्घटना हुँदा गम्भीर घाइते भएका मोटरसाइकल चालक झापा कन्काई नगरपालिका-३ बस्ने ४४ वर्षीय पेशल केसीलाई उपचारको लागि घोपा अस्पताल धरानतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको छ।

दुर्घटनामा घाइते भएका ट्रकमा सवार २ जनाको बिराट नर्सिङ होम बिराटनगरमा उपचार भइ रहेको छ। फरार ट्रक चालकको प्रहरीले खोजी गरि रहेको छ। दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरि रहेको छ।

Loading...

प्रतिकृया लेख्नुहोस्: