मंसिर २० गते, २०७६

नेकपाका कार्यकर्ताले दिए प्रकाश दाहाललाई श्रद्धाञ्जली

पटक हेरिएको

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ का स्वर्गीय सुपुत्र प्रकाश दाहाललाई श्रद्धाञ्जली अर्पण गर्न नेकपाका नेता तथा कार्यकर्ताहरु खुमलटार पुगेका छन् । प्रकाशको २०७४ साल मङ्सिर ३ गते हृदयघातबाट निधन भएको थियो।

स्वर्गीय दाहाललाई स्मरण गर्न नेकपाका नेता तथा कार्यकर्ताहरु खुमलटारस्थित प्रचण्ड निवास पुगेर दाहालको फोटोमा माल्यार्पण गरेका हुन् ।

खुमलटार पुगेका नेता कार्यकर्ताहरुले स्वर्गीय दाहाललाई श्रद्धाञ्जली अर्पण गर्दै परिवारप्रति समवेदना प्रकट गरेका छन् । श्रद्धाञ्जली सभाका लागि औपचारिक कार्यक्रम भने नराखिएको प्रचण्डको सचिवालयले जनाएको छ।

Loading...

प्रतिकृया लेख्नुहोस्: