मंसिर २० गते, २०७६

सवारी दुर्घटनामा परी ४ जनाको मृत्यु

पटक हेरिएको

काठमाडौं । रामेछाप, सर्लाही र उदयपुरका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ४ जनाको मृत्यु भएको छ।

रामेछाप जिल्ला दोरम्बा गाउँपालिका-२ ढाक्रेबास भन्ने स्थानमा दहपतालबाट दोलखाकोभैसेतर्फ जाँदै गरेको बा.१३ च ७०९५ नम्बरको बोलेरो गाडी सडकबाट अन्दाजी ४ सय मिटरतल खसेर सोमबार साँझ दुर्घटना हुँदा गम्भीर घाइते भएका गाडीमा सवार शैलुङ गाउँपालिका-८ मनगाँउ बस्ने १० वर्षीया सुवानी श्रेष्ठ र १२ वर्षीया दिल कुमारी श्रेष्ठको दोरम्बा स्वास्थ्य चौकीमा उपचारको क्रममा मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका गाडी चालक समेत अन्य १३ जनामध्ये ३ जनाको सोही स्वास्थ्य चौकीमा र १० जनालाई उपचारको लागि ट्रमा सेन्टर काठमाडौं लगिएको छ।

त्यसै गरी सर्लाही जिल्ला लालबन्दी नगरपालिका-७ स्थित सडकमा हाल नम्बर नखुलेको मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका पैदलयात्री सोही नगरपालिका-१६ परवानीपुर बस्ने ४० वर्षीय हेम बहादुर भण्डारीको टेक्सास अस्पाताल लालबन्दीमा उपचारको क्रममा सोमबार राति मृत्यु भएको छ। ठक्कर दिने मोटरसाइकल र चालकको प्रहरीले खोजी गरि रहरेको छ।

उदयपुर जिल्ला कटारी नगरपालिका-३ मिर्चैया-कटारीस्थित सडकमा को.स ९ प २०७ नम्बरको मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएकी सोही ठाउँ बस्ने बर्मलाल अधिकारीको छोरी ३ वर्षीया जिज्ञासा अधिकारीको कटारीस्थित सगरमाथा अस्पतालमा सामान्य उपचार पश्चात थप उपचारको लागि नोबेल अस्पताल बिराटनगरमा लगिएकोमा उपचारको क्रममा सोमबार साँझ उनको मृत्यु भएको छ। मोटरसाइकल र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरि रहेको छ।

Loading...

प्रतिकृया लेख्नुहोस्: