मंसिर २० गते, २०७६

भरुवा बन्दुक सहित पक्राउ

पटक हेरिएको

प्युठान । सरुमारानी गाउँपालिका-६ पाङवाङ बस्ने ६४ वर्षीय सुकराम पुन मगरलाई भरुवा बन्दुक १ थान, सोही बन्दुकमा लाग्ने छर्रा १४ थान र फलामको टुक्रा १ थान सहित सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ।

लेनदेनको विवादमा सोही ठाउँ बस्ने ३० वर्षीय मेख बहादुर राना मगरलाई सुकराम पुनले भरुवा बन्दुक सहित घरमा गई बन्दुक ताकेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी बड्डाँडाबाट खटिएको प्रहरीले उनलाई उक्त हातहतियात सहित फेला पारी पक्राउ गरेको हो।

अछाम जिल्ला रामारोशन गाउँपालिका-६ पुदुबाट भरुवा बन्दुक १ थान सहित सोही गाउँपालिका भाटाकाटिया बस्ने २१ वर्षीय जगत बहादुर साउद र २२ वर्षीय लाल बहादुर साउदलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ। प्रहरी चौकी शान्तडाबाट खटिएको प्रहरीले उक्त बन्दुक बोकी हिँडिरहेको अवस्थामा उनीहरुलाई फेला पारी पक्राउ गरेको हो। यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरि रहेको

Loading...

प्रतिकृया लेख्नुहोस्: