माघ १३ गते, २०७६

सिद्धबाबालाई थप ७ दिन हिरासतमै राख्न अनुमति

पटक हेरिएको

विराटनगर । आफ्नै अनुयायीमाथि बलात्कार प्रयास गरेको आरोपमा पक्राउ परेका सिद्धबाबा भनिने कृष्णबहादुर गिरीलाई अदालतले ७ दिन म्याद थप गरेको छ। अब उनी थप ७ दिन प्रहरी हिरासतमै बस्नेछन्। अनुसन्धान नसकिएको भन्दै जिल्ला प्रहरी कार्यालय सुनसरीले म्याद थपको माग गर्दै शुक्रबार उनलाई जिल्ला अदालत उपस्थित गराएपछि अदालतले ७ दिन म्याद थप गरेको हो।

यस अघि प्रहरीले ४ दिनको म्याद थप गराइ अनुसन्धान गरेको थियो। आफ्नै अनुयायीमाथि बलात्कार प्रयास गरेको उजुरीपछि प्रहरीले उनलाई गत मंसिर १६ गते विराट नर्सिङ होमको आईसीयूबाटै पक्राउ गरेको थियो।

Loading...

प्रतिकृया लेख्नुहोस्: