दुनियाँकै मन लोभिने पर्यटकीय क्षेत्र सन्दकपुर - Nepal Talk
आषाढ़ २९ गते, २०७७

दुनियाँकै मन लोभिने पर्यटकीय क्षेत्र सन्दकपुर

पटक हेरिएको

ईलाम । इलाममा पर्यटकीय स्थल आउनेको संख्या बढेको छ । यहाँका पर्यटकिय स्थल भ्रमण वर्ष आएसँगै भरिभराउ हुन थालेका हुन् । सदरमुकाम क्षेत्रमा पनि देशका विभिन्न स्थानबाट घुम्न आउनेका कारण चहलपहल बढेको छ। मुलुककै पुरानो चिया बगान, पुरानो चिया कारखना, भ्युटावर र मठ मन्दिरमा पर्यटक पुग्ने गरेका छन् ।

ग्रामीण पर्यटनको नमुना बन्दै गएको अन्तुमा यति बेला आन्तरिक पर्यटकको घुइँचो लागेको छ । झुल्केघामको दृश्यावलोकनसँगै अन्तु पोखरीमा डुङ्गा सवार र आसपासका चियाबारीमा रमाउनेका कारण त्यस क्षेत्रको व्यपार व्यवसायमा पनि उल्लेख्य फाइदा पुगेको छ ।

पोखरी आसपास रहेका दर्जन जति होमस्टे र होटलसहित अन्यत्र रहेका होमस्टेमा पनि बुकिङ धमाधम भइ रहेको छ । सूर्योदय नगरपालिकाको फिक्कलबाट १३ किलोमिटर पूर्वमा रहेको अन्तुसम्म पुग्ने सडक कालोपत्रे भएपछि अन्तुको पर्यटनले गति लिएको हो । यो क्षेत्रमा स–साना पसलदेखि ठूला होटलसम्म खुल्न थालेका छन् । स्थानीय घरलाई व्यवस्थित गरी होमस्टे सञ्चालन गर्ने पनि थुप्रै देखिएका छन् ।

पर्यटक आवागमनको सिजन सुरु

यता रोङ गाउँपालिकाको धार्मिक स्थल पाथीभरा आउने पर्यटकको सङख्या पनि बढेर गएको छ। मेची राजमार्ग माथिको डाँडामा रहेको मन्दिर त्यहाँको मुख्य आकर्षण हो । मन्दिर दर्शनसँगै हरियाली वनजंगल र दृश्यावलोकनका लागि त्यहाँ धेरैको आवागमन हुने गरेको छ। थुम्काथुम्का डाँडामा चियाबारीले सजिएको कन्याममा पनि पर्यटकको बाक्लो उपस्थिति छ ।

वनभोजका लागि प्रख्यात कन्याममा साथीसंगी बिदाको रमाइलो साट्नेदेखि पारिवारिक रूपमा चियाबारीको आनन्द लिन टाढाबाट आउने गरेका छन् । रमणीय डाँडाकाँडाको दृश्यावलोकन र घोडचढीको आनन्द पर्यटकलेलिने गरेका छन् । फिक्कल र पशुपतिनगर क्षेत्रमा पनि पर्यटकको बाक्लो उपस्थिति छ। इलामसँगै भारत दार्जिलिङ र सिक्किम घुम्न जानेका कारण यी क्षेत्रमा चहलपहल बढेको हो।

उत्तरी सन्दकपुर गाउँपालिकाका विभिन्न क्षेत्रमा पनि चहलपहल बढ्दो छ। सदरमुकामबाट १३ किलोमिटर उत्तरको माइपोखरीमा श्रद्धालुसँगै जैविक विविधतासँग रमाउनेको चहलपहल छ। रामसार क्षेत्रमा सूचीकृत माइपोखरी धार्मिक र जैविक विविधताका हिसाबले पनि उत्तिकै महत्त्वपूर्ण छ। जिल्लाकै अग्लो सन्दकपुर पुग्न चाहने पनि उत्तिकै छन् । भारतीय र पश्चिमा पर्यटकको बाक्लो भीड लाग्ने सन्दकपुरमा नेपाल भएर पनि जाने उत्तिकै छन् ।

माबु र माइमझुवा हुँदै सदरमुकामबाट करिब ४५ किलोमिटरको दूरीमा सन्दकपुर पुग्न सकिन्छ । त्यहाँबाट सगरमाथा, कञ्चनजंघासहित नेपाल, भारत र भुटानका दर्जनौं हिमाल देख्न सकिन्छ । झुल्केघाम दृश्यावलोकनका लागि पनि प्रख्यात मानिएको ३ हजार ६ सय ३६ मिटर उचाइमा रहेको सन्दकपुरसम्म पैदल नै यात्रा गरेर आसपासका क्षेत्रमा रमाउनेहरू पनि धेरै छन् ।

सन्दकपुर गाउँपालिका क्षेत्रका ढापपोखरी, टोडे झरना, छिन्टापु, माबुथाम, दोबाटे, कालपोखरी, जौबारी, मेघ्मा, तुम्लिङ लगायत स्थानका ठाउँ पनि पर्यटकका रोजाइमा छन् । इलाम जिल्लाकै उच्च क्षेत्र मानिने पर्यटकीय क्षेत्र सन्दकपुरमा हिउँ पनि पर्न थालेको छ। सदरमुकाम पश्चिमको सिद्धिथुम्का, माङमालुङ, गजुरमुखीधाम, माङसेबुङ लगायत क्षेत्रमा पनि पर्यटकको चहलपहल बढ्दै गएको छ।

तस्वीरमा हेर्नुहोस्

Image result for पर्यटकीय  सन्दकपुरImage result for पर्यटकीय  सन्दकपुरImage result for पर्यटकीय  सन्दकपुर

Image result for पर्यटकीय  सन्दकपुर

Loading...

प्रतिकृया लेख्नुहोस्: