श्रीमानकाे कुटाइबाट श्रीमतीको मृत्यु - Nepal Talk
जेष्ठ १६ गते, २०७७

श्रीमानकाे कुटाइबाट श्रीमतीको मृत्यु

पटक हेरिएको

इनरुवा । सुनसरीको धरान उपमहानरपालिका– १५ मा श्रीमानकाे  कुटाइबाट श्रीमतीको गएराति मृत्यु भएको छ । मृत्यु हुनेमा ३६ वर्षीया रमिला राई रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायब उपरीक्षक विनोद शर्माले जानकारी दिए । श्रीमान् काजीमान र श्रीमतीबीच घरायसी बादविवाद भई कुटपिट भएको थियो ।

कुटाइबाट गम्भीर घाइते भएकी रमिलाको उपचारका क्रममा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको सुनसरीका प्रहरी नायब उपरीक्षक शर्माले बताए । प्रहरीले श्रीमती हत्यामा संलग्न काजीमानलाई पक्राउ गरेको छ ।

Loading...

प्रतिकृया लेख्नुहोस्: