रसिया–थाइल्यान्डमा नेपाली म्युजिक अवार्ड - Nepal Talk
जेष्ठ २३ गते, २०७७

रसिया–थाइल्यान्डमा नेपाली म्युजिक अवार्ड

पटक हेरिएको

बक्स अफिस इन्टरनेसनल ग्रुपले आगामी माघ अन्तिम साता रसिया र थाइल्यान्डमा ३२ विधामा ‘म्युजित अवार्ड’ प्रदानगर्ने भएको छ । ‘नेसनल बक्स अफिस म्युजिक भिडियो अवार्ड’ मनोनयनमा पर्न सफल कलाकारलाई शनिबार प्रमाणपत्र प्रदान गरिएको छ ।

पछिल्लो समय पश्चिमा गीतसंगीतका कारण मौलिकता खस्किँदै गएको भन्दै दोस्रो संस्करणअन्तर्गत अवार्ड कार्यक्रम गर्न लागेको ग्रुप अध्यक्ष आरके सुवेदीले जानकारी दिए ।

३२ विधामध्ये चलचित्र, लोकगीत, पपगीत, आधुनिक गीत, भजन, राष्ट्रिय गीत, लोकदोहोरी गीत, भाषाभाषी, मोफसल, म्युजिक भिडियो, निर्देशक, मोडल, छायाकार, सम्पादक, गायकगायिका, गीतकार, संगीतकार, रेकर्डिस्टलगायत छन् ।

पोखरामा अन्य विधामा उत्कृष्ट पाँचलाई मनोनयन प्रमाणपत्र दिइए पनि मोफसल र भाषाभाषी विधाको भने वितरण बाँकी छ ।

सोही अवसरमा नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्वउपकुलपति शम्भुजित बास्कोटाले कलाकारलाई जीवनमा संघर्ष जारी राख्न सुझाव दिए । ‘कलाकारले संघर्ष गरे परिणाम सुन्दर हुन्छ,’ उनले भने, ‘आफूले हिँडेको बाटोमा विचलित नभई यात्रा गर्दा नै गन्तव्यमा पुगिन्छ ।’

झन्डै २४ वर्षअघि रवि लामिछानेको ‘यहाँको चलन यस्तै छ’ कार्यक्रममा फेवाताल किनारमै आएको स्मरण गर्दै बास्कोटाले

‘फेवातालको आँगनमा लै लै माछापुच्छ«े छाया‘’ गीतसमेत गाएका थिए ।अभिनेता धीरेन शाक्यले कलाकारको सम्मान र कदरले कला क्षेत्रमा उत्साह थपिने विश्वास व्यक्त गरे भने गायक यम बरालले सिर्जनशील व्यक्ति बाँचिरहने उल्लेख गरे ।

संगीतकार चेतन सापकोटाले चलचित्र क्षेत्रमा टिक्न संघर्षको विकल्प नभएको भन्दै नवप्रतिभालाई अगाडि बढ्न प्रेरणा दिए ।

सोही अवसरमा नेपाली फिल्म र गीतसंगीतमा योगदान पु¥याएको भन्दै पोखरेली गायक सोभित बस्याल र सिनेकर्मी गणेश ढकाललाई सम्मान गरिएको छ ।

अंग्रेजी नयाँ वर्ष सन् २०२० स्वागत गर्दै ‘भिजिट नेपाल’को अवसरमा पर्यटन प्रवद्र्धन उद्देश्यले मनोनितलाई ताल नगरीमा आएर प्रमाणपत्र वितरण चाँजोपाँजो मिलाइएको होे । यसका लागि झन्डै सय कलाकार अन्नपूर्ण गार्डेनमा आयोजित समारोहमा भेला भए ।

आयोजक संस्था अध्यक्ष सुवेदीले पोखरा आफैंमा प्राकृतिक स्टुडियो भएको र भ्रमण वर्ष प्रवद्र्धन हुने भएकोले यसपटक राजधानीबाहिर कार्यक्रम गरिएको प्रस्ट पारे । यही अवसरमा विन्ध्यवासिनी मन्दिरमा द्वीप प्रज्ज्वलन, सांगीतिक प्रभातफेरी तथा कलाकारबीच फुटबल प्रतियोगितासमेत भएको छ ।

विधागत रूपमा उत्कृष्ट पा“च छान्ने अग्रज संगीतकार शम्भुजित बासकोटा, संगीतकार संघ अध्यक्ष शान्तिराम राई, रोयल्टी संकलन समाज अध्यक्ष महेश खड्का, संगीतकार संघ नेपाल उपाध्यक्ष चेतन सापकोटा, सचिव वसन्त सापकोटा, गायिक आनन्द कार्की, संगीतकार राजु सिंह, संगीतकार सुरेश अधिकारी, बक्स अफिस इन्टरेसनल ग्रुप अध्यक्ष सुवेदी र महासचिव आरती बलामी निर्णायकका रूपमा थिए ।

Loading...

प्रतिकृया लेख्नुहोस्: