चैत्र १५ गते, २०७६

गोर्खामा पाहुनाका भेषमा बच्चा अपहरण !२१ दिनसम्म प्रहरी मौन ,सबै कुरा थाहापाएर पनि प्रहरी मौन छ: पिडित

पटक हेरिएको

गोर्खा । गोर्खाअजिरकोट गापा वडा नं ४ कि  १४ बर्षियाा मनिका बिक आफ्नै घरबाट बेपत्ता भएकी छिन । मंसिर ३० गते आफ्नै घरमा बसिराखेको बेला कुनै अपरिचित ब्यक्तीले उनलाई आफुहरुले  अर्को गाँउ  जाने बाटो नदेखेको र बाटो देखाई दिन अनुरोध गरेपछि देखाउन निस्केकी मनिका फर्केर नआएको आज २१ दिन भएको हराएकी बच्चाकी सहोदर दिदि सानु बिकले नेपाल टक सँग दुख पोखिन ।

आफ्नै घर छिमेकी लाटा सुनारको घरमा ४ वटा बच्चाहरु सहित आएका दाम्पत्तीले मनिकालाई लियर गएको परिवारको दाबी छ । सुनारको घरमा बास बस्न आएका श्रिमान श्रिमती मेत्तर बि क र मनिका बि क भन्ने नामले चिनिने श्रिमान श्रिमतीले बच्चालाई बाटो देखाउन लैजाउ भन्दै अगाडी लगाएर लगेका तर पछि मनिका घर नफर्किएको परिवरको दाबी छ । संयोगबस दुबैको नाम मनिका नै भएको बझिन्छ ।

झट्रट हेर्दा करिव २९ देखी ३० बर्षका देखिने श्रिमान श्रिमती कुन उदेस्यले उनिहरुलाई लगे भन्ने अहिले सम्म खुल्न आएको छैन ।उनिहरु सोही  बासबोट को वडा नँ १ का निवासी समेत भन्ने खुल्न आएको छ ।

घटनाको प्रत्यक्ष दर्सि अजिरकोट गा पा वडा नं १ मिलिम बस्ने मनमाया बि क का अनुसार वडा नं ४ बालुवा भन्ने गाउँमा निज मेत्तर बि क ले लादै गरेको देखेपछि बालिका मनिका बि क लाई सोध्दा तिम्रो यो मान्छे को हो भनी सोध्दा दाइ हो भन्दै गएको समेत बुझिन्छ ।

पिडितले नजिकैको प्रहरी चौकी भच्चोकमा केहिदिन अगाडी मात्र निबेदन दिएकी छिन भने हाल  सम्म प्रहरी कुनै रिजल्ट दिन सकेको छैन । प्रहरी स्रोतक अनुसार खोजी कार्य तिब्र पारीएको र केहि दिन भित्र  बच्चालाई  सकुसल उद्धार गरिने एक प्रहरीले जानकारी दिएका छन ।

पिडितहरुका आफन्तलाई स्थानिय श्री लेकाली नब  बुद्ध युवा क्लबले समन्वयन गर्दिराखेको छ ।

Loading...

प्रतिकृया लेख्नुहोस्: