चैत्र १५ गते, २०७६

गोलभेँडाको भाउ १० रुपैयाँले घट्यो, च्याउ पनि सस्तियो

पटक हेरिएको

काठमाडौंको कालिमाटी तरकारी थोक बजारमा आज ठुलो गोलभेँडा र च्याउका भाउ घटेको छ।

ठूलो गोलभेँडा १० रुपैयाँले घटेर ६५ देखि ७० र च्याउ केजिमा १५ रुपैयाँ घटेर ९० देखि १०० रुपैयाँमा बिक्री भइरहेको छ। अन्य तरकारीको भाउ यथावत रहेको कालिमाटी फलफुल तथा तरकारी बजार विकास समितिले जानकारी दिएको छ।

आज सानो गोलभेँडा, बन्दा र पाकेको फर्सि ४० देखि ४५, रातु आलु ४८ देखि ५०, भारतबाट आयातित सुकेको १०० देखि १०५, चाइनिज प्याज ७० देखि ७५ रुपैयाँ प्रति किलोग्राममा किनबेच भइरहेको छ। यस्तै गाजर, स्थानीय काउली र भन्टा ५० देखि ६०, मुला २५ देखि ३०, मटरकोसा ७५ देखि ८० रुपैयाँमा कारोबार भइरहेको छ। कालिमाटी बजारमा घिउसिमी प्रतिकेजी १ सय देखि १ सय १०, टाटेसिमी ६५ देखि ७०, तितेकरेला र भिण्डी १ सय २० देखि १ सय ३०, लौंका, पिँडालुु र स्कुल ४५ देखि ५०, सखरखाण्ड ४५ देखि ५० र तरुल ६० देखि ७० रुपैयाँमा बिक्री भइरहेको छ।

Loading...

प्रतिकृया लेख्नुहोस्: