माघ १३ गते, २०७६

गोरु काटेको आरोपमा इलाममा दुईजना पक्राउ

पटक हेरिएको

इलाम । गोरु काटेको आरोपमा सूर्योदय नगरपालिका–९ को रम्फोकबाट दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा रम्फोककै ३८ वर्षीय निमा तामाङ र ३८ वर्षीय पेमा तामाङ रहेका छन् । उनीहरुलाई प्रहरी चौकी फिक्कलले पक्राउ गरेको हो । उनीहरुलाई घटनास्थलबाटै पक्राउ गरिएको प्रहरीले बताएको छ।

गाउँमा गोरु काटिरहेको खबर पाएपछि गएको प्रहरी टोलीले काटिएको मासु मात्र फेला परेको थियो । उनीहरुले गोरु बिरामी भएकाले काट्नु परेको बताएका छन् । घटनासम्बन्धमा म्याद थप गरी अनुसन्धान अघि बढाइने इलाका प्रहरी कार्यालय पशुपतिनगरका प्रमुख रमेश राईले बताए ।

Loading...

प्रतिकृया लेख्नुहोस्: