यूएईमा मिनिबस दुर्घटना, १६ नेपाली घाइते - Nepal Talk
आषाढ़ १८ गते, २०७७

यूएईमा मिनिबस दुर्घटना, १६ नेपाली घाइते

पटक हेरिएको

यूएईमा नेपाली सवार एक मिनिबस दुर्घटना भएको छ । बस लोरी ट्रकसँग जुध्दा दुर्घटना भएको हो ।बिहीबार बिहान भएको दुर्घटनामा ६ जनाको मृत्यु भएको छ । त्यहाँस्थित अल राह रोडमा भएको उक्त दुर्घटनामा परी १९ जना घाइते भएका छन् ।

बसमा सवार १८ नेपालीमध्ये १६ जना घाइते रहेको यूएईका लागि नेपाली राजदूत कृष्णप्रसाद ढकालले गल्फ न्यूजलाई बताएका छन्।
घाइतेहरुको माफराक र अन्य अस्पतालहरुमा उपचार भइरहेको दूतावासले जनाएको छ। राजदूत ढकालले अस्पतालमा पुगेर घाइतेहरुलाई भेटेका छन्।

चालकको हेलचेक्राइँका कारण दुर्घटना भएको आबुदाबी प्रहरीको दाबी छ। मृत्यु हुनेहरुको विवरण आइनसकेको दूतावास स्रोतले जनाएको छ।

Loading...

प्रतिकृया लेख्नुहोस्: